‘लप्पन छप्पन २’ युरोप र अस्ट्रेलियामा

फिल्म । निर्देशक मुकुन्द भट्टले आफु निर्देशित डेब्यु फिल्म ‘लप्पन छप्पन’ को सिक्वेल निर्देशन गर्ने भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पूर्ण तयारी पुरा भएको भन्दै कास्ट एण्ड क्रिउको डिटेलस् सार्वजनिक गरेका छन् । साथै , उनले यसको टिजर आउँदो साता नै सार्वजनिक गर्ने समेत जनाएका छन् ।

फिल्ममा सौगात मल्ल , दयाहाङ राई , अर्पण थापा , देव कुमार , अनुप विक्रम शाही , क्यारोलिन कोलिन्डा , सुरविना कार्की , फाजिल अहमद र सिर्जना सिनाको अभिनय रहनेछ भने यसलाई युरोप र अस्ट्रेलियामा छायाँकन गरिने निर्देशक भट्टले बताएका छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्ममा चिज कुमार श्रेष्ठ र प्राजपति शिवाकोटी निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्