बाल यौन दुरुपयोगमा पललाई साढे २ वर्ष ६ महिनाको जेल सजाय

फिल्म । हिरासतमा रहेका अभिनेता पल शाहले नवलपुर जिल्ला अदालतबाट बलात्कारको मुद्दामा सफाइ पाएका छन् । यद्दपि उनले बाल यौन दुरुपयोगमा भने दुई वर्ष ६ महिना जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर साे फैसला गरेका हो ।

बलात्कारको मुद्दामा पलले सफाइ पाएपनि न्यायाधीशले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएका छन् । यस्तै इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि भनेको छ ।

गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो । पीडित नाबालिगका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएकाे थियो । नवलपुर जिल्ला अदालतबाट सफाइ पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाइ पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि मात्र उनी थुनामुक्त हुन सक्नेछ ।

कमेन्ट गर्नुहोस्