भ्यालेन्टाइन डेमा ‘दि ब्रेकअप’ टिमको यस्तो प्रचारप्रसार

फिल्म । फिल्म ‘दि ब्रेकअप’ यहि फागुन १७ बाट प्रदर्शनको तयारीमा छ । प्रचारप्रसारको क्रममा फिल्म युनिटले बिहिबार प्रेम दिवसको अबसरमा राजधानीका विभिन्न ठाउँमा पुग्दै दर्शक तथा शुभचिन्तकहरुसँग माया साट्यो । लिड अभिनेता आशिरमान देशराज जोशी रातो ज्याकेटमा प्रेमिल मुद्रामा फ्यानहरुमाझ पुगे । राजधानीको केन्द्र मानिने सुन्धारा स्थित सिभिल मल पुग्दा उनलाई पर्खेर बसेका फ्यानहरुले घेरे, सेल्फीमा रमाए । अभिनेत्री द्वय शिल्पा मास्के, इच्छा कार्की र अभिनेता रेमनदास श्रेष्ठसँगै पुगेका आशिरले त्यहाँ आयोजित भ्यालेन्टाइन विशेष कार्यक्रममा पनि उपस्थिती जनाए ।

निर्देशक हेमराज बिसी सहितको टिमले सिभिल मलमा आयोजित प्रेममय उल्लासमा फिल्मको बारेमा जानकारी गराउँदै साथ र मायाको अपेक्षा राख्यो । स्थानिय दर्शकले ‘जय ब्रेकअप’को हुटिङ सहित सफलताको शुभकामना दिएका थिए । रुपक थापा, रेनु राणा, दीपक खतिवडाको निर्माणमा बनेको फिल्मको ट्रेलरले लोकप्रियता बढाउँदैछ । पछिल्लो क्रममा युवापुस्ताले अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा पनि यो फिल्मको ट्रेलरमा समावेश दायलगहरु हिट लिस्टमा छन् ।

कमेन्ट गर्नुहोस्