यस्तो बन्यो ‘नाङ्गो गाउँ’ ट्रेलर

फिल्म । दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा गाउँमा हुने राजनीतिमा एक अर्कालाई हराउने खेलमा लागेका दयाहाङ राई र शिशिर वाङदेलबीचको दाउपेचलाई प्रस्तुत गरेको छ ।

फिल्मको ट्रेलरमा शिक्षण पेशाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देल बीचको राजनीतिक लडाइँ देखाइएको छ । दीपेन्द्र लामाको लेखन रहेको फिल्मको ट्रेलरमा मिरुना मगर,कार्म र साम्राज्ञीराज्य लक्ष्मी शाहले पनि ठाउँ पाएका छन् । त्योबाहेक ट्रेलरमा बुद्धि तामाङ, रवीन्द्र झा, अंकित खड्का आदिले पनि ठाउँ पाएका छन् ।

हिमाल शर्माको प्रस्तुतिमा बनेको फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एस डी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्म भदौ २९ मा सार्वजनिक प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्