बिमलाले जितिन् ‘मिसेस मंगोल नेपाल २०१९’ उपाधि

फेशन । ‘मिसेस मंगोल नेपाल २०१९’ को ताज बिमला पाइजाले जितेकी छिन् । १३ प्रतिस्पर्धीहरुलाई उछिन्दै उनले ‘मिसेस मंगोल नेपाल २०१९’को ताज जितेकी हुन् । साथै ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालले आफ्नो शिरमा पारिन् । गत मंगलबार बेलुकी जमलको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस मंगोल नेपाल २०१९’को उपाधी बिमला पाइजाले चुम्दा फस्ट रनरअपको उपाधी शान्ति तामाङले आफ्नो शिरमा पार्न सफल भइन् । यसैगरी सेकेन्ड रनरअपको उपाधी प्रतिमा तामाङले आफ्नो पोल्टामा पारिन् । बिजेता बिमला पाइजालाई ‘मिसेस मंगोल नेपाल २०१८’की विजेता धनमाया मगरले ताज पहिराइदिइन् ।

‘मिसेस मंगोल नेपाल २०१९’को निर्णायक टोलिका प्रमुख निर्णायक कला सुब्बाले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै बिमलाले उपाधी जित्न सफल भएकी थिइन् । सबटाइटलमा बेस्ट ट्यालेन्टको उपाधीपनि बिमलाले नै जितिन् । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका थिए । एमाजोन इन्टरटेन्मेन्टले बिवाहित मंगोलियन समुदायका महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस मंगोल नेपाल २०१९’ को सबटाइटलमा क्रमश बेस्ट फोटोजेनिक अप्सरा श्रेष्ठ गुरुङ, बेस्ट कम्प्लेक्सन सर्मिला मोक्तान, बेस्ट स्किन शोभिात राई, बेस्ट डिसिप्लेन मिस्मा कुमारी मोक्तान, बेस्ट पर्सनालिटि पनिता राई, बेस्ट स्माइल प्रतिमा तामाङ, बेस्ट क्याटवाक पुजा गुरुङले जितेकी छिन् । त्यस्तै सबटाइटल अन्र्तगत क्रमशः बेस्ट कन्फिडेन्ट बिष्णु तामाङ, मोस्ट इन्टेलिजेन्ट शान्ति तामाङ, मोस्ट चार्मिङ पन्चिमाया शाक्य, मोस्ट एक्टिभ निता प्रधान, मोस्ट स्मार्ट कुसुम थापा, मोस्ट पपुलर शोभिात राई, बेस्ट ड्रेस शोभिता राई र पव्लिक च्वाइज बिष्णु तामाङले सबटाइटल अन्र्तगत जितेका छन् ।

‘मिसेस मंगोल नेपाल २०१९’को प्रतिस्पर्धीहरुलाई कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगीतामा निर्णायक मण्डलमा चर्चित कोरियोग्राफर कला सुुब्बा, नृत्य निर्देशक गोबिन्द राई, अभिनेत्री रेखा फागो लिम्बु र ब्युटिसियन गौरा राई रहेका थिए । विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरुले प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्यहरुपनि प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्