‘रणवीर’ सुन्दरी सुपुस्पा (फोटो फिचर)

फिल्म । पछिल्लो समय नेपाली फिल्ममा नयाँ अनुहार खोजिने क्रम तिब्र छ भने भित्रिने पनि उत्तिकै छन् । केहिले फिल्मलाई निरन्तरता दिन्छन त कोहि हराउछन । यसवर्ष पनि थुप्रै नयाँ अनुहारले फिल्मनगरीमा आफुलाई प्रवेश गराएका छन् । ति मध्यकि एक हुन् , सुपुस्पा भट्ट । उनि फिल्म रणवीर मार्फत फिल्मनगरीमा डेब्यु गदैछिन् ।

चार्टर एकाउन्टकि विधार्थी भएता पनि उनलाई फिल्मलाई आउने रहर थियो । ‘अडिसन मार्फत नै फिल्ममा चयन भएकी हु’ सुपुस्पा भन्छिन् ‘सानै देखि फिल्ममा आउने चाहना थियो , रणवीरलाई फिमेल क्यारेक्टर चाहिएको छ भन्ने थाह पाएपछि अडिसनमा पुगेर सेलेक्ट भएकी हु ।’ उनलाई फिल्ममा आउने रहर त थियो तर चिनजान भने कोहिसँग थिएन । तर उनले आफ्नो ईच्छा एकपटक प्रशान्त ताम्राकारसँग शेयर गरेकी थिइन् । अडिसनको खबर पनि प्रशान्त मार्फत नै उनले पाइन् । ‘मलाइ प्रशान्त सरले भन्नु भएपछी इन्टरनेशनल क्लब सानेपा गएर अडिसन दिए’ सुपुस्पाले अडिसनको समयलाई सम्झिदै भनिन् ‘मैले पहिला आफैले एउटा डायलग बोले त्यसपछि सुशीलजीसँग एउटा सिन दिनु भयो , त्यो गरेर फर्किए ।’ उनलाई बेलुकी मात्र आफु सेलेक्ट भएको थाह भयो , त्यसपछी खुसि भईन् ।

‘फिल्मनगरिलाई मैले रणवीर मार्फत नै सिके र बुझ्दैछु’ उनले आफुले पाएको मौकालाई खेर नजान दिएको बताउछिन । किनकी उनले सोचेकी थिइन् , यति छिटै फिल्ममा आफुलाई पाउछु भनेर । ‘निकै राम्रो टिम पाएको छु , सपोटिभ हुनुहुन्छ , सिकाउनु हुन्छ , बुझाउनु हुन्छ’ उनि भन्छिन् ‘मलाइ घरबाट पनि निकै सपोर्ट गर्नु हुन्छ ।’ उनि सिएको विधार्थी भएपनि उनलाई घरबाट पूर्ण सपोर्ट छ । फिल्मको सार्वजानिक सामाग्री गीत र ट्रेलरमा देखिदा नै उनलाई म्युजिक भिडियो , एड तथा केहि फिल्मको अफर आइसकेको छ , तर उनि रणवीरको रिजल्ट कुर्दैछिन् । ‘मलाइ कस्तो रुपमा लिनु हुन्छ दर्शकले भन्ने लागिरहेको छ’ सुपुस्पा भन्छिन् ‘रणवीर रिलिजपछी मात्र अन्य प्रोजेक्टमा जोडिन्छु ।’

उनि फिल्म र आफ्नो काम प्रति विश्वस्त छिन र यसको श्रेय टिमलाई दिन्छिन् । ‘टिमको सबै सदस्यले उतिकै सपोर्ट गर्नु भयो यसैले फिल्ममा राम्रो काम गरे जस्तो लाग्छ’ उनले आफुलाई रणवीर टिमनै अर्को फ्यामिली फिल हुन् थालेको बताइन । यसै फिल्म मार्फत उनिसँगै सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल सुबेक्षा खड्का पनि डेब्यु गर्दैछिन् । फिल्ममा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । यसमा प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्