फिल्म । ‘बाहुबली’ जस्तो सुपरहिट फिल्ममा शिर्ष भूमिका निर्वाह गरेका सुपरस्टार प्रभासबाट दर्शकहरूको अपेक्षा बढ्दो छ । किनकी ‘बाहुबली’ सिरिज मार्फत उनले एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका छन् । पछिल्लो फिल्म ‘साहो’ मार्फत क्रेज प्रस्ट्याई सकेका प्रभासले हालै लभ स्टोरी फिल्म ‘जान’ को छायाँकन सकेका छन् । उनले युरोपमा यसको छायाँकन सकेका हुन् ।
कोरोना भाइरसको प्रभाव बढ्दै गर्दा फिल्मको सेड्युलमै रहेर टिमले छायाँकन सक्ने निर्णय गर्यो । टिम फर्किने समयसम्म युरोपमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्ने क्रममा थियो । छायाँकन सकाएर भारत फर्किएपछी प्रभासले ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने निर्णय गरेका छन् । उनले आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न र कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन क्वारेन्टाइनमा बस्ने निर्णय लिएका हुन् ।
प्रभासले दुइ हप्ता आफ्नै घरमा विताउने छन् । उनले बाहिर सम्पर्क नगर्ने जनाएका छन् भने अन्यलाई पनि सतर्क रहन आग्रह गरेका छन् । निर्माण कम्पनिलाई छायाँकन रोक्दा ठुलै क्षति हुने भएपछी उनले छायाँकन सकाएर भारत फर्किने निर्णय गरेका थिए । पछिल्लो समय पिरियड ड्रामा र एक्सन थ्रिलरमा देखिएका प्रभासको यो फिल्म ‘जान’ विशुद्ध प्रेम कथामा आधारित हुनेछ । राधाकृष्णले निर्देशन तयार हुने फिल्मलाई युरोपको रोमान्टिक भूभागमा खिचिएको हो । फिल्ममा प्रभास एक ज्योतिषको भूमिकामा छन् भने उनको को-स्टार छिन् पुजा हेग्डे । प्रभास र पुजाको जोडी दर्शकको लागि नयाँ देखिनेछ । प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा खलपात्रमा जगपथी बाबुलाई अनुबन्ध गरिएको छ । (एजेन्सी)










