प्रतीक्षामा धिरज

69 Shares

गसिप । ‘इन्टु मिन्टु लन्डन’ बाट धिरज मगरको डेब्यू राम्रै भएको थियो । फिल्म औसत भए पनि दर्शकले उनलाई खुला हृदयले स्वागत गरे । दर्शक त्यसयता उनलाई पर्दामा हेर्न आतुर छन् । तर, त्यो संयोग भने तत्काल जुर्ने छाँट छैन । धिरजलाई डेब्यू गराउने कोरियोग्राफर÷निर्देशक रेनासा बान्तवा राईले उनैलाई लिएर ‘आई एम ट्वान्टी वान’ घोषणा गरेको दुई वर्ष बितिसक्यो । बीच–बीचमा सुटिङमा जान लागेको खबर नआएका पनि होइनन्, तर ती खबरमै मात्र सीमित छन् ।

कोरोनाको इन्ट्रीपछि त फिल्मको सुटिङ झनै पर–पर सर्दैछ । कोरोना त्रासका कारण सरकारले तत्कालै सुटिङ अनुमति दिने छाँट छैन । दिइहाल्यो भने पनि हल खुल्ने टुंगो छैन । भनेपछि धिरजलाई हेर्न दर्शकले लामै प्रतीक्षा गर्नुपर्ने देखिन्छ । कतै उनको उपस्थिति ‘नौ दिनमा नौलो, बीस दिनमा बिस्र्यो’ भन्ने उखानझैँ हुने त होइन ? हाम्रो शुभेच्छा छ, त्यस्तो किमार्थ नहोस् ! (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्