भीमफेदी गाइजसँग आँचल (भिडियो)

संगीत । पछिल्लो समय गीतसंगीतमा ग्रुपको प्रयोग गर्ने गरिन्छ , खासगरि भिडियोमा । डेढ दशक अगाडी ग्रुप (ब्याण्ड) गायनमा धेरै नै थिए तर पछिल्लो समय डान्सीङ भिडियो लोकप्रिय हुन् थाकेपछि प्राय गायक तथा गायिका आफ्नो गीतको भिडियोलाई यसै किसिमले तयार गर्नेगर्छन । यसै मध्यको एक डान्सीङ ग्रुप भीमफेदी गाइजलाई लिएर ‘भेट भयो सोल्टिनी’ संग बोलको गीत तयार गरिएको छ । गीतमा भीमफेदीसँगै नायिका आँचल शर्मा पनि फिचर्ड छिन । नारायण कडेँलको शब्द तथा रमेश कायस्थको संगीतमा रहेको गीतमा लोकप्रिय गायक शिव परियारले आवाज दिएका छन्। भिमफेदी गाइजकै कोरियोग्राफी तथा निर्देशन निर्मल लामाको रहेको गीतमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका हुन् । पवन शुस्लिङको सम्पादन रहेको भिडियोलाई भिमफेदी गाइजले रमाइलो बनाएका छन्।
कमेन्ट गर्नुहोस्