‘मास्टर’ रिलिजको विषयमा विज्ञप्ति

0 Shares

फिल्म । साउथ इण्डियन फिल्म स्टार थालपथी विजयको नयाँ फिल्म ‘मास्टर’ डिजिटल प्लेटफर्ममा रिलिज हुने चर्चा केहि समय यता बढेको छ । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा फिल्मको रिलिज रोकिएको कारणले पनि विभिन्न चर्चा बढेको हो । पछिल्लो समय बलिउडका फिल्महरुले डिजिटल प्लेटफर्म रोजेपछि विजयको फिल्मको प्रतीक्षामा रहेका फ्यानहरुलाई निर्माण पक्षले एक स्टेटमेन्ट दिएका छन् ।

निर्माण पक्षले प्रेस विज्ञप्ति जारी गर्दै फिल्म हलमै रिलिज हुने बताएका छन् । ‘फिल्मको प्रतिक्षामा हुनुहुन्छ भन्ने हामीलाई थाहा छ र यो पनि थाहा छ कि तपाइँ हलमै फिल्म हेर्ने ईच्छा सहित प्रतीक्षामा हुनुहुन्छ’ प्रेस विज्ञप्तिमा भनिएको छ ,’हामीसँग एक शानदार ओटीटि कम्पनिको अफर पनि छ यद्दपी हाम्रो रिलिज रोजाई भने हलनै हो ।’

‘मास्टर’फिल्ममा विजय सेतुपती र माल्भिका मोहनन् पनि लिड रोलमा छन् । बलिउडका केहि फिल्म पनि हलनै कुरेर बसिरहेका छन् । जसमध्ये ‘सूर्यवंशी’ पनि एक हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्