साइली : फस्टलुकसँगै डेट घोषणा

फिल्म । चर्चित गीत ‘सुन साइली’ को सफलतापछी निर्माण गरिएको फिल्म ‘साइली’ चैत्र १५ मा रिलिज हुने भएको छ । निर्माण पक्षले फस्टलुक सार्वजनिक गर्दै यसको जानकारी गराएको छ । फस्टलुक अन्तर्गत सार्वजनिक पोष्टरमा फिल्मकी साइली मेनुका प्रधान मात्र फिचर्ड छिन् । बैदेशिक रोजगारीको कथामा आधारित फिल्ममा मेनुकासँगै , गौरव पहाडी , दयाहाङ राइ, माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

साइली गीतका गायक हेमन्त राणा र यसका फिचर्ड मोडल गौरवको लगानीमा तयार भएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । सार्वजनिक फस्टलुक फिल्मको टाइटल अनुसार पोस्टर तयार पारिएको निर्देशक गुरुङले बताए ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा निर्देशक गुरुङको कथा रहेको छ भने यसमा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्