फिल्म । मिरुना मगरको शिर्ष भूमिका रहेको फिल्म ‘मनसरा’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मिरुना एकल अभिभावक भएर गर्ने सङ्घर्षलाई प्रस्तुत गरिएको छ । उनले आफ्नो जीविकोपार्जन गर्न गर्ने व्यवसाय, बच्चा हुर्काउन गर्ने सङ्घर्षनै फिल्मको सार रहेको छ । फिल्ममा उनको जोडी दयाहान राई बनेका छन् ।
यही जोडी अभिनित ‘जारी’ यसवर्षको सर्वाधिक व्यापार गर्ने फिल्म हो । उपेन्द्र सुब्बा निर्देशित फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा तीस दिनसम्म गरिएको थियो ।
फिल्ममा प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी लगायतका कलाकारले पनि अभिनय गरेका छन् । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ ।










