हरिवंशले दिए ‘सोल्टिनी’ मा स्वर

फिल्म । अभिनेता तथा गायक हरिवंश आचार्यले नयाँ गीत गाएका छन् । पछिल्लो समय एकल गीतमा स्वर दिईरहेका आचार्यले यसपटक पार्श्वसङ्गीतमा स्वर दिएका छन् । अर्जुन सुवेदीले निर्देशनमा तयार हुने फिल्म ‘सोल्टिनी’बाट उनले ८ वर्षपछि पार्श्व गायनमा पुनरागमन गरेका हुन् ।

सो फिल्मको एक गीतमा उनले आइतबार आफ्नो स्वरमा गीत रेकर्ड गराए । यसमा हर्कुलस बस्नेतको संगीत रहनेछ । बस्नेतले सामाजिक संजालमार्फत हरिवंशले गीत रेकर्ड गराएको जनाएका छन् । यसअघि सन् २०१६ मा आचार्यले फिल्म ‘जात्रा’को लागि ‘नोट नोट’ गीत रेकर्ड गराएका थिए ।

छायांकनमा जाने तयारीमा रहेको फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको अभिनय हुनेछ । फिल्मलाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्