नोमिनेशन सिङ्गापुरमा , अवार्ड जापानमा

फिल्म । ‘११औं संस्करणको नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९’को उत्कृष्ट पाँचको नोमिनेसन सिंगापुरमा आयोजित एक कार्यक्रममा सार्वजानिक गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ मा निर्माण भई सार्वजनिक भएका ८३ वटा नेपाली फिल्महरु नौ सदस्यीय जुरीले अवलोकन गरी उत्कृष्ट पाँचको नोमिनेसन सार्वजनिक गरिएको आयोजक संस्थाले जानकारी गराएको छ । आफ्नो ११औं संस्करणको नतिजा आगामी डिसेम्बरको दोस्रो साता जापानमै अवार्ड समारोह गरी प्रदान गरिने भएको छ । अवार्डमा सहभागी ८३ वटा फिल्मका सर्जकहरूले अवार्डको प्रतिस्पर्धा रहेको ३२ विधा जुरीको तर्फबाट र १० पपुलर विधा आयोजकका तर्फबाट गरी कुल ४२ विधाको नोमिनेसनमा आफ्नो दाबेदारी पेस गरेको पनि आयोजक आरके सुवेदीले जनाए ।

उत्कुट पाँच अभिनेतातर्फ फिल्म मंगलम्बाट पुष्प खड्का, घामपानीबाट दयाहाङ राई, कृबाट अनमोल केसी, प्रेम गीत २ बाट प्रदीप खड्का, पञ्चेबाजाबाट सौगात मल्ल, नायिकातर्फ उत्कृष्ट पाँचमा पञ्चायतबाट नीता ढुंगाना, घामपानीबाट केकी अधिकारी, म यस्तो गीत गाउँछुबाट पूजा शर्मा, कान्छीबाट स्वेता खड्का र चलचित्र ब्लाइन्ड रक्सबाट बेनिशा हमाल मनोनयनमा परेका छन् । निर्देशकतर्फ पञ्चायतबाट शिवम् अधिकारी, शत्रुगतेबाट प्रदीप भट्टराई, छक्कापन्जाबाट दिपाश्री निरौला, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, मंगलम्बाट नवल नेपाल, उत्कृष्ट फिल्मतर्फ छक्कापन्जा, प्रेमगीत २, ए मेरो हजुर २, घामपानी, मंगलम् मनोनयनमा परेका छन् ।

यो अवार्डको लागि नव नायकतर्फ छक्कापन्जा २ बाट स्वरूपपुरुष ढकाल, रानीबाट सारुक ताम्राकार, डायरीबाट सन्नी सिंह, ए मेरो हजुर २ बाट सलिनमान बनिया र लब लब लबबाट सुरज पाण्डे, नव नायिकातर्फ लिलीबिलीबाट जसिता गुरुङ, ऐश्वर्यबाट दीपिका प्रसाईं, रुद्रबाट सारा सिर्पाली, कृबाट अदिती बुढाथोकी, प्रेमगीत २ बाट अष्लेशा ठकुरी उत्कृष्ट पाँचको मनोनयनमा परेका छन् । यस्तै, नव निर्देशकतर्फ, तिमीसँगबाट शिशिर राणा, ए मेरो हजुर २ बाट झरना थापा, घामपानीबाट दीपेन्द्र लामा, सायद २ पुष्पराज न्यौपाने र पिँजडा ब्याक अगेनबाट हिमाल केसी मनोनयनमा परेका छन् । यस्तै, सहअभिनेतातर्फ तिमीसँगबाट नाजिर हुसैन, छक्कापञ्जा २ बाट जितु नेपाल, २ रुपैयाँबाट बुद्धि तामाङ, ए मेरो हजुर २ बाट सलोन बस्नेत, नेप्टेबाट रोहित रुम्बा, सहअभिनेत्रीतर्फ पर्वबाट माला लिम्बु, हिटलरबाट मेनुका प्रधान, छक्कापन्जा २ बाट वर्षा राउत, संरक्षणबाट आशिष्मा नकर्मी र ग्याङ स्टार ब्लुजबाट रोजिशा शाही मनोनयनमा परेका छन् ।

बक्स अफिस फिल्म फेयर अवार्डकै लागि चरित्र अभिनेतातर्फ राधेबाट सशील पोखरेल, छक्का पन्जा २ बाट शिवहरि पौडेल, घामपानीबाट पुष्कर गुरुङ र प्रकाश घिमिरे, शत्रुगतेबाट हरिवंश आचार्य, चरित्र अभिनेत्रीतर्फ मंगलम्बाट मिथिला शर्मा, राधेबाट हिउँवाला गौतम, ब्लाइन्ड रक्सबाट गौरी मल्ल, छक्कापञ्जाबाट लक्ष्मी गिरी मनोनयनमा परेका छन् । यस्तै, उत्कृष्ट पाँच हास्य कलाकारतर्फ म यस्तो गीत गाउँछुबाट राजाराम पौडेल, धुम २ बाट जयकिशन बस्नेत, छक्कापञ्जा २ बाट केदार घिमिरे, छक्कापञ्जा २ बाट जितु नेपाल, ए मेरो हजुर २ बाट बुिद्ध तामाङ, खलपात्रतर्फ घामपानीबाट अंकित खड्का, कृबाट अनुपविक्रम शाही, प्रेमगीत २ बाट सन्तोष सेन, ऐश्वर्यबाट प्रशान्त ताम्राकार र राधेबाट प्रमोद अग्रहरी मनोनयनमा परेका छन् ।

यस्तै, छायाकारतर्फ ऐश्वर्यबाट राजेश श्रेष्ठ, घामपानीबाट शेलेन्द्र डी कार्की, कृबाट पुरुषोत्तम प्रधान, ए मेरो मजुर २ बाट सञ्जय लामा, लिलीबिलीबाट सुदीप बराल, चलचित्र सम्पादनतर्फ कृबाट सुरेन्द्र पौडेल, घामपानीबाट निमेष श्रेष्ठ, छक्कापञ्जा २ बाट विपिन मल्ल, प्रेमगीत २ बाट वनिष शाह, शत्रुगतेबाट मित्र डी गुरुङ, संगीतकारतर्फ प्रेमगीत २ बाट कल्याणसिहं (काहानी यो प्रेमगीतको…), मंगलम्बाट दीपक शर्मा (पर्ख पर्ख मायालु), प्रेमगीत २बाट वसन्त सापकोटा (कसम हो कसम…), पञ्चेबाजाबाट विकास चौघरी (घिनघिन मादल…) र ऐश्वर्यबाट अर्जुन पोखरेल (तिमी रोएको पल…) मनोनयनमा परेका छन् ।

कमेन्ट गर्नुहोस्