टिभी । सन् २००० मा मिस नेपालको टाइटल जित्न सफल उषा खड्गीले टेलिभिजनमा शो गर्ने भएकी छिन् । उनले न्युज २४ टेलिभिजनमा ‘आमा’ कार्यक्रमको चौथो सिजन लिएर आउदैछिन् । साप्ताहिक रूपमा प्रसारण हुने कार्यक्रम ‘आमा’ मार्फत दर्शकमाझ माझ उपस्थित हुन् पाउँदा आफु निकै उत्साहित भएको उषाले बताएकी छिन् । आमाको आशिर्वाद र प्रेरणाको भूमिकालाई प्रसारण गरिने कार्यक्रम मार्फत मुलुक र समाजका लागि गौरव गर्न लायक सन्तानलाई जन्म दिने आमाहरुका त्याग, बलिदान, प्रेरणा र संघर्षलाई प्रस्तुत गरिने छ ।
नेपाली टेलिभिजनमा पृथक पहिचान बनाउन सफल कार्यक्रम आमा सिजन एककी प्रस्तोता सविना कुवँर थिइन । त्यस्तै, सिजन दुईमा अभिनेत्री गौरी मल्ल र सिजन तीनमा अभिनेत्री सरिता लामिछाने उक्त कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
सिजन तीनसम्म पाएको दर्शकको मायालाई बढाउने उदेश्यका साथ उषा ‘आमा’ शो लिएर दर्शक माँझ आउदैछिन् । यस्तै , पहिलो, दोस्रो र तेस्रो सिजनबाट पाएको दर्शकको मायाको कदर गर्दै आमा सिजन चार प्रस्तुत गर्न लागेको टेलिभिजनले जनाएको छ ।