‘प्रेम गीत ३’ बाट मनिषको डेब्यु

2K Shares

फिल्म । घोषणा देखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत को बन्लिन् भन्ने कौतुहलता दर्शकसंगै फिल्मकर्मीलाई पनि छ । पहिलो सिरिज देखि नै गीतसंगीतको कारण चर्चामा रहेको फिल्मले तेस्रो सिरिजसम्म आइपुग्दा ब्राण्ड बनाउन सफल भएको छ । छेतेन गुरुङ्ग र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार हुने फिल्ममा‘गीत’ अर्थात् लिड अभिनेत्री को बन्नेछिन् भन्ने कौतुहलता चलिरहदा निर्माण पक्षले नयाँ कलाकारलाई परिचित गराएको छ ।

फिल्ममा नव अभिनेता मनिष राउतले प्रमुख भूमिकामा रहने जानकारी सहित निर्माण पक्षले लुक्स सार्वजनिक गरेको छ । अस्कर कलेजमा अभिनय सिकेका मनिषसँग दर्जनौं लघु फिल्ममा काम गरिसकेका भए पनि फिचर फिल्ममा भने उनले पहिलो पटक काम गर्न लागेका हुन् । फिल्ममा उनि प्रदीप खड्का अर्थात ‘प्रिम को दाइको भूमिकामा रहनेछन् । सार्वजनिक पोष्टरमै मनिषले आफु लायकको कलाकार रहेको छनक दिईसकेका छन् । ‘मनिषले निकै राम्रो काम गर्ने संकेत देखाएका छन्’ निर्देशक गुरुङ भन्छन् ‘जति मेहनत उनको शरीरमा छ त्यति नै उनको आवाज पनि बोल्ड छ ।’

‘अ फर्बिडन लभ स्टोरी’ भनिएको फिल्ममा २ सय वर्ष पुरानो प्रेमकथामा देखाइने अर्का निर्देशक सेनले बताए । ‘हामीले मनिषलाई चयन गरेदेखि नै परिपक्क बनाइ रहेका छौ’ उनले भने । उनले फिल्ममा नेपाली प्रविधि र बजारले भ्याउदासम्म मेकिङ्गमा कुनै सम्झौता नगर्ने बताए । छेतेन गुरुङ्ग र मन्दिप गौतमले तयार पारेको कथामा बन्ने फिल्ममा अघिल्लो दुइ सिरिजमा एकल निर्माताको रुपमा रहेका सन्तोषलाई यसपटक विजय चामलिङले लगानीमा सघाउनेछन् ।

Facebook Comments