‘रेड वाइन’ मा पल र साम्राज्ञी

फिल्म । युवापुस्ता माँझ चर्चामा रहेका पल शाह र साम्राज्ञी आरएल शाह एकसाथ पर्दामा देखिने भएका छन् । यी दुइले पहिलोपटक पर्दामा जोडी बाध्न लागेको फिल्म हो ,’रेड वाइन’ । लामो समयदेखि संचार क्षेत्रमा सक्रिय निर्माता रमेश एम के पौडेलको निर्देशन रहने फिल्म ‘रेड वाइन’ मा पल र साम्राज्ञीसँगै सन्दीप क्षेत्री र इलिमी लामा पनि अनुबन्धित भएका छन् ।

पछिल्लो समय रज्जा रानी निर्माण गरेका पौडेलले ‘रेड वाइन’ मार्फत निर्देशनमा पाइला टेक्दैछन् । फिल्मको छायांकन अमेरिकामा नै हुने बताइएको छ । यो फिल्म अमेरिकामा नै रहँदै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । साथै , यसमा सह–निर्माता निरु भण्डारी छिन् ।

आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा तथा संवाद सविर श्रेष्ठको रहेको छ । ८८४८ मिडियाको पनि आवद्धता रहने फिल्मको छायांकन अवस्था सहज भएमा दशैँ , तिहारको बीचमा सुरु गरिने निर्माण पक्षले जनाएको छ ।

तस्वीरहरु : विनोद पोखरेल

कमेन्ट गर्नुहोस्