सिरिज । अभिनेता सलोन बस्नेत निर्माता रहेको ‘हेल्लो ब्रो’ सिरिजको ट्रेलर सार्वजनिक भएको छ । सिरिजमा सलोन आफैंले भने अभिनय गरेका छैनन् । ट्रेलरमा उनको भ्वाइस ओभर भने सुन्न सकिन्छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित नेपाली सिरिज ‘हेल्लो ब्रो’ मा लेखनसंगै निर्देशक सुरेश न्यौपानेको निर्देशन रहेको छ ।
फिल्ममा सहायक निर्देशकको रुपमा काम गर्दै आइरहेका सुरेशले निर्देशनमा सिरिज मार्फत पाइला टेकेका हुन् । युवाको कथालाई देखाइने सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिस्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ । सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन छ ।
त्यस्तै, सिरिजमा बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । सिरिज साउन ७ गतेदेखि हरेक बिहीबार राति ७ बजे बुढा सुब्बाको बिएम टिभीबाट प्रसारण हुनेछ ।











