फिल्म वितरणमा सुर्य कर्पोरेशन , एन्टी हिरोबाट सुरुवात

फिल्म । पछिल्लो समय सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९ को तयारी गरिरहेको सुर्य कर्पोरेशनले फिल्म वितरण गर्ने भएको छ । यसअघि जापानमा फिल्म देखाउदै आएको यस कम्पनिले अब अन्तराष्ट्रिय वितरण अधिकार खरिद गर्दै नेपाल स्थित बलामी फिल्म्स प्रमुख समीर बलामीसँगको सहकार्यमा फिल्म वितरणमा पाइला चलेको हो । यसको सुरुवात ‘एन्टी हिरो’ मार्फत हुँदैछ । सुर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछाने र बलामी फिल्म्सका समीर बलामीले फिल्मको विदेश अधिकार खरिद गरेका छन् ।

बुधबार फिल्मका निर्माता भूवन केसी र कर्पोरेशनका प्रमुख लामिछानेविच सहमतीमा हस्ताक्षर भएको छ । निर्माता भूवन केसीले कती रकममा विक्री गरिएको हो भन्ने खुलाउन चाहेनन् । तर, उनले निकै नै राम्रो रकममा फिल्मको विदेश राइट्स विक्री गरिएको बताएका छन् । फिल्ममा अनमोल केसी र भूवन केसीको मुख्य भूमिका हुनेछ ।

‘हामीले नेपाली फिल्मको बजारलाई अझै फैल्याउने उदेश्यका साथ वितरणमा पाइला चलेका हौ’ अध्यक्ष लामिछाने भन्छन् ‘नेपाली फिल्म क्षेत्रले नै प्रतिक्षा गरिरहेको फिल्मबाट वितरण सुरुवात गर्दैछौ ।’ उनले जापान गरेको सुर्य इन्टरनेशनल फिल्म अवार्डको पहिलो शृंखलाले गर्दा पनि दोस्रो यतिबेला प्रतिक्षित छ । झन्डै ५० को हाराहारीमा नेपालबाट टोकियोमा सेलिब्रेटी लगेर गरिने अवार्ड आउँदो नोभेम्बर २४ मा हुँदैछ । यसको दर्ता आवेदन समेत खुल्ला गरिसकिएको छ । यसैगरी बलामी फिल्म्सका समीरले नेपाल रिलिजसँगै फिल्मलाई विदेशमा दर्शकसम्म पुर्याउने लक्ष्य रहेको बताएका छन् । ‘हामी बर्षेनी कम्तिमा ५ फिल्मलाई अन्तराष्ट्रिय बजारसम्म लग्नेछौ’ उनले भने ,’हामीले नेपालमै इन्कोड गरेर विदेशमा नेपाल रिलिजसँगै फिल्म देखाउनेछौ ।’

कमेन्ट गर्नुहोस्