फिल्म । बलिउड सुपरस्टार अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ गत शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । बक्सअफिसमा पनि फिल्मले सानदार ओपनिङ गर्दै विकेन्डमा राम्रो व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको फिल्मले दोस्रो दिन २१ करोड ७८ लाख व्यापार गरेको छ । वर्ड अफ माउथ बलियो भएको कारणले गर्दा यसले विकेन्डमा ६५ लाखको व्यापार गर्ने अनुमान गरिएको छ । ‘वर्ड अफ माउथ’ राम्रो भएकाले फिल्म लामो रेसको घोडा बन्ने देखिन्छ ।
सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ रिलिज भएको एकसाता पछी फिल्म आउँदा झनै यसलाई फाईदा भएको छ । पहिलो दिन सलमानको बर्थ डेको कारण पनि केहि कम दर्शक पाएता पनि यसले दर्शक बढाईरहेको भारतीय मिडियामा खबर छ । किनकि, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ कमजोर छ । र, दिन-प्रतिदिन व्यापारमा पनि ठूलो गिरावट आइरहेको छ ।
कमेडी ड्रामा ‘गुड न्यूज’ को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा) को हो । दुवैले बच्चा जन्माउनका लागि आइभिएफको सहारा लिन्छन् । तर, अक्षय र करीना तथा दिलजीत दोसान्झ र किआरा आडवाणीबीच डाक्टरको असमझदारीको कारण स्पर्म साटासाट हुन्छ । ज्योति कपुरको पटकथामा राज मेहताले निर्देशन गरेको फिल्मलाई दुई भागमा बाँडिएको छ। पहिलो भाग पूर्णत कमेडी छ।
#GoodNewwz lives up to its title… Metros [especially North circuits] outstanding… Multiplexes of Tier-2 cities very good… Mass pockets witness growth… Eyes ₹ 65 cr [+/-] total [opening weekend]… Fri 17.56 cr, Sat 21.78 cr. Total: ₹ 39.34 cr. #India biz.
— taran adarsh (@taran_adarsh) December 29, 2019