‘आज नगद भोली उधारो’ दीपा र आर्यन (भिडियो)

376 Shares

फिल्म । आउँदो भाद्र ६ गतेलाई रिलिज डेट तय गरेको फिल्म ‘हजार जुनीसम्म’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आज नगद भोलि उधारो’ गीतमा पछिल्लो समयई चर्चित निर्देशक दीपाश्री निरौला फिचर्ड छिन् । गीतमा दीपासंगै आर्यन सिग्देललाई देख्न पाइनेछ । आर्यन र दीपाको नृत्य रहेको ।गीतमा शिवहरी पौडेल पनि छन् ।

तिन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै गरेको देखिएकी हुन् । गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा प्रस्तुत भएकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ । गीतमा काम गर्दा निकै रमाइलो लागेको प्रतिक्रिया दीपाश्रीले दिएकी छिन् । ‘गीत मन परेर नृत्य गरेकी हुँ’ दीपा भन्छिन् ‘गीत सुन्दा नै मलाइ राम्रो लाग्यो ।’ गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अखिलेस प्रधान, कलाकार राम चन्द्र अधिकारी, उत्तम केसी लगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

‘आज नगद भोली उधारो’ बोलको गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा संचिता लुइँटेल , अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

Facebook Comments