‘अन्तराष्ट्रिय छायाँछवि अनर अवार्ड्स’ को लागि थाइल्याण्ड उडे फिल्मकर्मी

फिल्म । थाइल्याण्डमा हुने ‘अन्तराष्ट्रिय छायाँछवि अनर अवार्ड्स २०१८’ को लागि फिल्मकर्मी त्यसतर्फ प्रस्थान गरेका छन् । शनिवार दिउसो झन्डै ५० बढी फिल्मकर्मी थाइल्याण्ड प्रस्थान गरेका हुन् । जनवरी १२ देखि १६ सम्म थाइल्याण्ड फिल्मकर्मी रहनेछन् र अवार्डमा सहभागी हुनुको साथै घुमघाम पनि गर्नेछन् । यसअवार्ड अन्तर्गत आफ्नो क्षेत्रमा विशेष योगदान पुर्याएको व्यक्तिलाई सम्मान गरिने छायाँछवि प्रमुख शान्तिप्रियले बताएका छन् । ‘यसअवार्डमा हामी क्षेत्रगत रुपमा विशेष योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दैछौ’ उनि थप्छन ‘विदेशमा हुने गरेको यसकिसिमको कार्यक्रमले थोरै भएपनि नेपाली फिल्मको प्रचारमा टेवा पुर्याउछ ।’

थाइल्याण्डबाट सुरुवात भएको यो अवार्ड अब विस्तारै अन्यदेशमा पनि हुने उनले बताए । नेपालमै पनि शान्तिप्रिय डिसीने अवार्ड , तीज म्युजिक अवार्ड , म्युजिकखबर अवार्ड लगायतका अवार्ड गर्दै र जोडिदै आएका छन् । थाइल्याण्ड पुग्ने टोलिमा शान्तिप्रियसँगै गायिका देविका बन्दना , अभिनेता निर्मल शर्मा , अभिनेत्री बसुन्धरा भुषाल , निर्देशक योगेश घिमिरे , नायिका खुस्बु खड्का , संगीतकार सन्तोष श्रेष्ठ , मोडल सारिका घिमिरे , वितरक गोपालकाजी कायस्थ लगायत छन् । टोलि जनवरी १६ मा नेपाल फर्किनेछन् ।

कमेन्ट गर्नुहोस्