योगेश र सारिकाले ल्याए ‘मायाको सुगन्ध’ (भिडियो)

संगीत । योगेश काजी र सारिका घिमिरेको स्वर रहेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द अनि योगेश काजीको सङ्गीत संयोजन, एचवीएन किस्मतको मिक्सिङ्/माष्टरिङ रहेको ‘मायाको सुगन्ध’ गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा लगायतको अभिनय देख्न सकिन्छ ।

डान्सिङ्ग भिडियो गर्दै आएको कार्टुन्ज क्रुले यसपटक अभिनयमा आधारित लभ स्टोरी म्युजिक भिडियो बनाएको छ । सरोज अधिकारीको निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । भिडियोको दृश्य सम्पादन भने पवन शुष्लिङले गरेका हुन् । गीत ‘मायाको सुगन्ध’ स्रोता/दर्शकमाझ प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि सबैको माया साथ सहयोगका साथै हेरेर प्रतिक्रियोको अपेक्षा राखेका छौ’, योगेश/सारिकाले भने ।

कमेन्ट गर्नुहोस्