सर्ट फिल्म महोत्सवमा ‘संघर्ष’ उत्कृष्ट

फिल्म । ‘चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३’ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिभल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो ।

यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको वार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डेले जितेका छन् । चलचित्र संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हाँसिल गरेका छन् । ’ सो प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड सर्छ फिल्म कहानी एकादेशकोबाट सागर लम्साल बलेले जितेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले हाँसिल गरेकी छिन् ।

यस्तै उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सर्ट फिल्म ए हिडन लाइफबाट राजन खरेल प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दुर्गमण्डुबाट माधव राज खरेलले हाँसिल गरेका छन् । सर्ट फिल्म अवार्ड २०२३ को निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत थिए ।

कमेन्ट गर्नुहोस्