‘द कपिल शर्मा शो’ डिसेम्बरबाट

बलिउड । टेलिभिजनमा कमेडियनको रुपमा निकै चर्चा कमाएका कपिल शर्मा पछिल्लो समय भने हराएका झैँ छन् । अस्ट्रेलियामा शो सकेर फर्किदै गर्दा आफ्नै सहकर्मी सुनिल ग्रोभरलाई दुर्व्यवहार गरेको भन्दै आलोचित बनेका कपिल त्यसयता राइज गर्न सकेका छैनन् । त्यसपछी उनले शो लाई बन्द गर्दै र केहि समयपछी सुरु गर्दै आइरहेका छन् । तर उनले त्यो सफलता पाउन सकेका छैनन् ।

उनको शो मा सुनिल नआएपछि यतिबेला सुनिल र कपिल दुवै लोकप्रियताको मिटरमा ओरालो लागिरहेका छन् । केहि समय यता डिप्रेसनमा रहेको खबरमा समेत आइरहेका कपिल डिसेम्बरमा विवाहमा बाधिदै छन् । उनि प्रेमिका गिन्नी चतरथसँग विवाह गर्दैछन । यिनै कपिलले डिसेम्बर २३ बाट आफ्नो शो ‘द कपिल शर्मा शो’ स्टार्ट गर्ने भएका छन् ।

उनको शो लाइ सोनी टेलिभिजनबाट नै ब्रोडकास्ट गरिनेछ भने पहिलो पाहुना सलमान खान र शाहरुख खान हुन् सक्ने सम्भावना छ । सलमानले कपिललाई शो मा ल्याउन सहयोग गरेका छन् भने उनि शाहरुखको फिल्म ‘जिरो’ मा पनि छन् । आफ्नै मेहनतले स्टार बनेका कपिल , आफ्नै हर्कतले साख गुमाउने सेलिब्रेटीमा पर्छन कपिल । तर यसपटक नयाँ सोचका साथ् शो ल्याउन लागेका कपिलको लोकप्रियता कतिको बढ्छ ? यो भने आउने दिनले नै बताउनेछन् ।

कमेन्ट गर्नुहोस्