धरौटीमा रिहा भए रवि

सङ्गीत । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका रविलाई कञ्चनपुर जिल्ला अदालतको आदेशपछि ५ लाख धरौटीमा विहीबार साँझ रिहा गरिएको हो ।

प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरेपछि उनलाई धरौटीमा रिहा गरिएको हो । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्