कर्णले ल्याय ‘त्यहि केटिले’ (भिडियो)

संगीत । गायक कर्णराज गिरीले नयाँ गीत बजारमा ल्याएका छन् । उनले ‘त्यही केटीले’ बोलको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका हुन् । पछिल्लो समय गायन र कम्पोजरको रुपमा चर्चामा रहेका कर्णले डान्सीङ नम्बर गीत ल्याएका छन् । ‘अहिलेको स्थितिलाई मध्यनजर गर्दै गीतलाई सार्वजनिक गरेको छु’ कर्ण भन्छन ‘दर्शकको टेस्ट अनुसारकै गीतलाई तयार गर्ने कोसिस गरेको छु ।’ यसमा शब्द जीवन बिसीको रहेको छ भने संगीत कर्णले नै दिएका छन् ।

‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता गीत गायर चर्चामा आएका कर्ण यस गीतबाट निकै आश्वादी छन् । ‘मेहनतमा कन्जुसाई गरेको छैन तर हरेक गीतबाट सिकाइ अगाडी बढ्दैछ’ कर्णले स्ट्रगल फेजमा रहेको बताए । गीतमा शिल्पा पोखरेल र दुर्गिस थापा फिचर्ड छ्न । ठुलो पर्दाकी समेत परिचित नाम शिल्पाले गीतसंगीत मन परेर नै अभिनय गरेको बताइन । क्रान्ती केसीले भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्