बेलुनमा गोपीको पब्लिसिटी

फिल्म । माघ १८ बाट प्रदर्शनमा आउने फिल्म ‘गोपी’ ले प्रचारप्रसारको नयाँ शैली अपनाएको छ । फिल्म युनिटले बेलुन नेपालसँग प्रचार प्रसारमा सहकार्य गरेको छ । पछिल्लो समय फिल्मकर्मी आफ्नो फिल्मको प्रचारप्रसारलाई बढाउँन विभिन्न शैलीलाई अपनाईरहेका छन् । केहि दिन अगाडी मात्र कविता प्रतियोगिताको घोषणा गरेको गोपी युनिटले केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपालकै एक मात्र हट एयर बेलुनमा आफ्नो पोस्टर टास्दै फिल्मले पोखरामा प्रचार सुरु गरेको हो ।‘पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुन मार्फत गरेका हौँ’, फिल्मका कार्यकारी निर्माता श्रीधरले बताए ।

आरोही केसीद्वारा निर्मित फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् । यसमा विपिन कार्की , वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ । यसमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि. कार्कीको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको छ भने यसको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्