इमरानको ‘चिट इण्डिया’ टिजर रिलिज (भिडियो)

बलिउड । सिरियल किसरको ट्याग समेत पाएका एक्टर इमरान हास्मी पछिल्लो समय फिल्म ‘चिट इण्डिया’ को काममा व्यस्तछन् । पछिल्लो फिल्म ‘बाद्शाहो’ बलिउड बक्स अफिसमा कमाल देखाउन नसकेपछी आउदो प्रोजेक्टमा इमरान भिन्न अवतारमा प्रस्तुत हुदैछन । इमरानले फिल्ममा आफुलाई रोमान्टिक ब्वाई भन्दा अलि फरक रुपमा प्रस्तुत गर्नेछन् ।

उनको कमेडी अवतारलाई फिल्म ‘चिट इण्डिया’ देख्न पाइनेछ । फिल्ममा उनको को-स्टार छिन , श्रेया धनवण्थरी । उनले यसै फिल्म मार्फत बलिउडमा डेब्यु गर्दैछिन । फिल्मको सार्वजनिक टिजरमा इमरान मात्र फोकस छन् । इमरानको लुक्स र उनको गतिविधि फिल्म युनिटले टिजरमा देखाएको छ । फिल्मलाई सौमिक सेनले निर्देशन गरिरहेका छन् भने लेखन पनि उनकै रहेको छ ।

कमेन्ट गर्नुहोस्