‘विशेष धन्यवाद’ मा सहमति

फिल्म । केहि समय गीतसंगीत मिलेको आरोप प्रत्यारोप लाग्ने गरेको छ । अधिकाँसको कानुनी रुपमै टुंगिएको छ । तर , पछिल्लो समय फिल्म कबड्डी कबड्डी कबड्डीको गीत ‘दुबो फुल्यो’को विवाद आपसी सहमतिमा सल्टिएको छ । संगीतकार आलोक श्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’को संगीतसंग ‘दुबो फुल्यो’को संगीत मिलेको भन्दै मिडियामा आएपछी सुरु भएको विवाद अन्तत: टुङ्गिएको छ ।

‘उहाहरुले स-सम्मान मलाइ विशेष धन्यवादमा नाम राख्छु र उठान मिल्न गएको भएपनि नियतवश नभएको बताएपछि मैले पनि यसलाई टुंग्याएको हु’ संगीतकार आलोक श्रीले भने । उनले गीतसंगीतको उठान मिल्नु संयोग मात्र भएकाले आपसी सहमतिमा विवाद सकाएको बताए । आलोकसंगै रहेका संगीतकार एसडी योगीले पनि मिडियामा आएजस्तो डिमाण्ड नराखिएको प्रस्ट्याए ।

‘आलोक दाइले त्यस्तो केहि डिमाण्ड राख्नु भएको होइन् , गीत मिलेपछि सल्लाह गरौ भन्नु भएको हो’ संगीतकार योगीले भने । उनले आलोकलाई जथावाभी युट्युब गालीगलौच गर्दै कमेन्ट नगर्न पनि आग्रह गरे । ‘हाम्रो आपसी विवाद मिलिसकेको छ त्यसैले यसलाई यहि सकाउदै दाइको नाम विशेष धन्यवादमा राख्नेछौ’ योगीले भने । आलोकले पनि गीतको उठान मिलेको हुँदा भेटेर कुरा गर्न चाहेको बताउदै संगीतकार योगीको उज्वल भविष्यको कामना गरे ।

कमेन्ट गर्नुहोस्