प्रभासको जोडी आलिया ?

171 Shares

फिल्म । ‘बाहुबली’ फिल्म मार्फत विश्वभरका दर्शक माँझ आफ्नो केज बनाउन सफल अभिनेता हुन् प्रभास । उनले बाहुबली सिरिजमा पाएको सफलताले आफुलाई निकै अगाडी पुर्याईसकेका छन् । पछिल्लो फिल्म ‘साहो’ उनकै नामको कारणनै इन्सियल व्यापारमा निकै अगाडी देखियो । प्रभासले हालै ‘जान’ नामक लभ स्टोरी फिल्मको छायाँकन गरेका छन् । यसपछि प्रभासले आफ्नो २० औँ फिल्म गर्दैछन् । यसमा पनि प्रभासलाई पिरियड ड्रामाको कथामा देख्न पाइने छ । यद्दपी लकडाउनको कारण यसको सेट र डिजाइनमा निकै समय लाग्ने भएकाले प्रभासले नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् ।

उनले निर्देशक नाग अश्विनको फिल्म गर्ने मनस्थिति बनाएका छन् । फिल्मको स्क्रिप्ट अन्तिम चरणमा रहेता पनि उनले फिल्म गर्ने सहमति दिईसकेको साउथ इण्डियनका केहि मिडियामा उल्लेख छ । यदि प्रभासले यो फिल्म गर्छन भने यसमा उनको जोडी आलिया भट्ट हुनेछिन् । उनले हालै साउथ इण्डियन फिल्म ‘आरआरआर’ मा पनि काम गरेकीछन् । बलिउडमा सफलताको सिढी चढिरहेककी आलियाले प्रभाससँग काम गर्ने मौका छाड्ने त छैनन् । तर , प्रभासको सेड्युल लकडाउनपछी के हुन्छ ? फिल्म त्यसमै भर पर्नेछ । फिल्मलाई रोमान्टिक एक्सन ड्रामा भनिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्