‘२.०’ को तिन दिने कलेक्सन सार्वजनिक

फिल्म । रजनिकांत र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ कस्तो बनेको छ भन्ने चासोसँगै कति कमायो भन्ने जिज्ञाषा पनि छ , दर्शकलाई । किनकी यो एसियाकै दोस्रो महँगो फिल्म हो । एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा रजनिकांत र अक्षयसँगै एमी ज्याक्सन मुख्य भूमिकामा छिन् । फिल्मले तमिल र तेलुगुसँगै हिन्दी भाषामा पनि राम्रो कमाइ गरिरहेको छ । फिल्मले भारतमा मात्र ३ दिनमा २ सय ५ करोडको आसपासमा कलेक्सन गरेको छ । यसले पहिलो दिन ८० , दोस्रो दिन ६० र तेस्रो दिन ६५ करोडको ग्रस कलेक्सन गरेको छ ।

यसैगरी फिल्मले ओभरसिज मार्केटमा ८५ करोडको कलेक्सन गर्न सफल भएको छ । फिल्मले इन्डियासँगै ओभरसिजमा पनि दर्शकको मन उतिकै जितिरहेको छ । १ हजार ७९ दिन लगायाएर तयार गरिएको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्ममा राजनिकांतलाई भिन्न भिन्न अवतारमा प्रस्तुत गरिएको छ । पछिल्लो समय बढ्दो फोनको प्रयोगले प्रकृतिमा परिरहेको असरलाई फिल्मले मुख्य बिषय बनाएको छ । फिल्मलाई लाइका प्रोडक्सनले निर्माण गरेको हो । यसको बजेट ५ सय ५० करोड भनिएको छ ।

कमेन्ट गर्नुहोस्