‘बगानले समाज परिवर्तनमा भूमिका खेल्छ’ : दीपाश्री

फिल्म । बुधवार काठमाडौँमा आयोजित नेपाली फिल्म ‘बगान’ को प्रिमियरमा सहभागी भएकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएकी छिन् । फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले फिल्मले स्वतन्त्र हुन् सिकाउने बताइन ।

उनले भनिन्,’पहिला आफू खुशी हुन् सक्नुपर्छ अनि परिवार र समाजको बारेमा सोच्ने हो । किनकि हामी सबैलाई स्वतन्त्त हुने अधिकार छ । फिल्म हेर्दै गर्दा परिवारको साथ नपाउँदा समाजसँग लड्न कम्जोर भएकी एकल आमाको कथा हेर्न पाएँ’, निर्देशक निरौलाले भनिन्,’एकल आमाको जीवनको शिक्षाको महत्वलाई पर्दामा राम्रोसँग बुझाइएको छ । समाज परिवर्तनका लागि अगाडी बढ्न नसकेका वा खुम्चिएकालाई यो फिल्मले हौसला प्रदान गर्छ । अगाडी बढ्न मदत गर्छ ।’

उनले फिल्मको कथा, उठान गरिएको विषयसँगै लेखिएको संवादको तारिफ गरिन् । उनले निर्देशकको रुपमा सरोज खनाल र र नव अभिनेत्री प्रमिला कार्कीको कामको समेत प्रसंशा गरिन् । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

तीन दशकको अभिनयको अनुभव संगाल्दै निर्देशक बनेका सरोज खनालले आफू कथावाचक रहेको बताए । उनले भने,’मैले कथा र पात्रलाई भेटाएको मात्र हुँ । काम उहाँहरूले नै गर्नुभएको हो । म आफूले जानेर कहिले पनि परिवारका महिला सदस्यलाई चोट पुर्याउदिन । त्यसैले पनि यो कथालाई पर्दासम्म ल्याएको हुँ ।’

फिल्ममा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् । स्वप्निल नीरवको कथामा तयार भएको फिल्ममा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रंग संयोजन गर्नुभएको छ । असार २९ गतेबाट प्रदर्शन हुने चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

कमेन्ट गर्नुहोस्