फिल्म । पछिल्लो समय फिल्महरु नेपालसंगै विदेशमा पनि रिलिज हुन् थालेका छन् । आउँदो फेब्रुअरी ७ मा ‘सेल्फी किङ्ग’ नेपालसंगै अष्ट्रेलियामा पनि रिलिज हुँदैछ । यसपछि भ्यालेन्टाइनलाई लक्षित गर्दै नेपाल रिलिज गर्न लगिएको फिल्म ‘लभ डायरीज’ पनि फागुन २ अर्थात फेब्रुअरी १४ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ ।
अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीको आयोजनामा मेलबर्नस्थित चाइना टाउन फिल्मको प्रदर्शन हुँदैछ । नेपाली फिल्म मेलबर्नमा प्राय यसै स्थानमा प्रदर्शन हुने गरेको छ । फिल्मबाट डेब्यु गर्न लागेका निर्देशक सौरभ चौधरीले फिल्मले युवापुस्ताको प्रेम कथालाई रिलेट गर्ने बताए । ‘मैले फिल्म मार्फत हाम्रो पुस्ताको प्रेमलाई देखाउने प्रयास गरेको छु’ उनले भने ,’प्रेममा आउने उतारचढावसगै यसले हामीलाई हाम्रो प्रेममा फ़र्काउछ ।’
प्रेमकथानक यस फिल्ममा सुशील श्रेष्ठसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । फिल्ममा विश्वजित रिमालको पनि मुख्य भूमिका छ । फिल्मका दुइ मुख्य पात्र सुशील र रुबिना बीचको प्रेम, रोमान्स र विछोडलाई फिल्ममा देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।










