रवि बने ‘नेपाल आइडल २’ विजेता

संगीत । नेपाल आइडल सिजन-२ को विजेता रवि ओड घोषित भएका छन् । गायन रियालिटी शो मा अन्तिम चार बाट रवी विजेता घोषित भएका हुन् । उनले टाइटल जितेसंगै नगद रु २२ लाख र गोल्डेन माइक पाएका छन् । यसैगरी आइडलको फस्ट रनरअप बिक्रम बराल , सेकेन्ड रनरअप सुमित पाठक बने । बिक्रमले २० लाख र सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।

थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् । अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।

कमेन्ट गर्नुहोस्