‘दिलकी रानी’ मा सरोज र आश्मा (भिडियो)

संगीत । नयाँ गीत ‘दिलकी रानी’ सार्वजनिक भएको छ । सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको भिडियोको गीतमा भने बादल थापा र प्रविशा अधिकारीको स्वर रहेको छ । यसमा सुरेश रानाको शब्द र गायक थापाकै संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोलाई निर्देशक रामजी लामिछानेले निर्देशन गरेका छन् । यसमा सौरभ लामाको छायांकन , रेनिश फागोको कलर करेक्सन , भुपेन्द्र अधिकारिको सम्पादन ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ। गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्