स्मितासँग सलोनको ‘मायाले मलाई बोलायो’ (भिडियो)

0 Shares

संगीत । राजनराज शिवाकोटीको शब्द संगीतमा गीति भिडियो ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । सार्वजानिक गीतमा स्वर स्मिता दाहालको छ । प्रेमिल भावको गीतको भिडियोमा गायिका स्मितासँगै अभिनेता सलोन बस्नेत फिचर्ड छन् ।

युवा अवस्थासम्म जीवित रहेको बाल्यकालदेखिको प्रेम र त्यसको प्राप्तिमा प्रेमी प्रेमिकाले भेटेको खुशीलाई गीतले बोलेको छ । भिडियोमा सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घिमिरेको साथमा बाल कलाकार सलिन राना र अल्फा शाह ठकुरी फिचर्ड छन् ।

शिशिर खातीको निर्देशनमा तयार भएको भिडियोलाई छायांकन शंकल भुजेलले गरेका छन् भने सम्पादन वनिश शाहले गरेका छन् । कोरियोग्राफी आर्जु बैजुको छ । गीतको शब्द संगीत जस्तै भिडियोमा समावेश दृश्यहरु पनि मनमोहक छन् । प्रफेक्ट प्लान इन्टरटेन्मेन्टको तर्फबाट भिडियो निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्