सोमबारका लागि सर्‍यो भुवनमाथि मुद्धाको पेसी

फिल्म । अभिनेता भुवन केसीमाथि परेको मुद्धाको पेसी सोमबारका लागि सरेको छ । गत सोमबार विहिबारको लागि तोकिएको पेसी सरेको हो । मन्त्रिपरिषद्को निर्णयले उनलाई चलचित्र विकास बोर्ड अध्यक्षमा मनोनयन गरेको थियो । उनको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा मुद्धा दर्ता गरिएको थियो ।

भुवन केसीसँगै प्रतिस्पर्धामा रहेका व्यक्तिले नै मुद्दा दर्ता गराएका थिए । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल समेतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्