‘उपहार दर्शकको फिल्म हो’ : निर्देशक देउजा

फिल्म । फागुन २५ गतेबाट प्रदर्शन हुने नेपाली फिल्म ‘उपहार’को प्रचारप्रसारलाई निर्माण टिमले तीव्रता दिएको छ । सार्वजनिक गीतसङ्गीत र ट्रेलरलाई दर्शकले रुचाएपछि निर्देशक ज्ञानेन्द्र देउजाले कलाकारलाई लिएर विभिन्न मिडिया पुगिरहेका छन् । यसैक्रममा निर्देशक देउजाले उपहारलाई दर्शकको फिल्म भनेका छन् ।

‘मैले बनाएको फिल्म पूर्ण तयार दर्शकलाई सोचेर तयार गरेको छु । हलसम्म समय र पैसा खर्चेर आइपुगेका दर्शकलाई फिल्मले खुशी बनाउँछ । यो दर्शकको फिल्म हो’, निर्देशक देउजाले भने । कलाकार र प्राविधिकहरूको टिमले गरेको मिहिनेतका कारण लेखिएको कथालाई पर्दामा उतार्न सफल भएको बताए ।

‘मेरो अघिल्ला फिल्महरूले पनि मेरो निर्देशकीय शैलीलाई प्रस्ट्याएको छ । त्यसैले म दर्शकलाई ढुक्क भएर हलसम्म आउन आग्राज गर्छु । मैले अघिल्लो पुस्तादेखि नवपुस्तासम्मलाई छुने विषयलाई पर्दामा ल्याएको छु’, उनले भने ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

कमेन्ट गर्नुहोस्