संगीत । नेपाली रजतपटमा फिल्म ‘दर्पण छायाँ २’ मार्फत अभिनयमा उदाएका फिरोज तिमल्सिनाले गायनमा पाइला टेकेका छन् । नेपाल आइडल र द भ्वाइस अफ नेपालको पहिलो सिजनमा समेत काम गरेका फिरोजले ‘मेरी प्रिया’ दर्शक माँझ ल्याएका छन् । सांगीतिक आकाशमा विस्तारै उदाउने तयारीमा रहेका फिरोज गीत गाउनुका साथै भिडियोमा फिचर्ड पनि छन् ।
आदेश गुर्मछानको संगीत रहेको गीतलाई फिरोज र आदेशले संयुक्त रुपमा रचेका हुन् । गीतको भिडियोमा पनि फिरोजले विभिन्न भूमिका निर्वाह गरेका छन् । उनले भिडियोमा मोडलिङ गर्नुका साथै आफ्नै कन्सेप्टमा तयार गरेका छन् । भिडियोमा उनलाई सहारा कार्कीले साथ् दिएकी छिन् । भिडियोलाई फिरोजले रितेश श्रेष्ठसँग मिलेर संयुक्त रुपमा छायाँकन गरेका हुन् । यसलाई सम्पादन र निर्देशन पनि फिरोजले नै गरेका हुन् ।
कमेन्ट गर्नुहोस्










