‘काउसो’ ले गर्यो पत्रकार भेटघाट

649 Shares

फिल्म । राजधानीमा एक कार्यक्रमको गर्दै फिल्म ‘ काउसो’ युनिटले जानकारी गराएका छन् । निर्देशक मदन घिमिरे , कलाकार सविन श्रेष्ठ , ए गुरुङ लगायतले फिल्मको बारेमा जानकारी गराएका हुन् । सविनले आयोजित पत्रकार भेटघाटमा आफ्नो पछिल्लो समयको कमेडी फिल्मको रुपमा ब्याख्या गरे । ‘मैले यसमा कमेडी र एक्सन दुवै गरेको छु’ उनले भने । उनका अनुसार फिल्मले उनको अभिनयमा आएको बदलावलाई देखाउनेछ । यसैगरी निर्देशक घिमिरेले पनि फिल्मले मनोरंजनसंगै संदेश दिने बताए । ‘हामीले फिल्म मार्फत केहि भन्न पनि खोजेका छौ’ मदन भन्छन् ‘राम्रो टिम पाएर नै मैले फिल्म गरेको हु ।’

राजेन्द्र बस्नेतको प्रस्तुति रहेको फिल्ममा कथा निर्देशक घिमिरेकै रहेको छ । यसमा शंकर महर्जनको द्वन्द निर्देशन रहेको छ भने संगीत विकास चौधरीले दिएका छन् । आर्नाव बस्नेतको ‘काउसो’ मा रामेश्वर हुमागाईको छायाँकन , भोजराज देवकोटाको स्क्रीनप्ले र डायलग , नविन निरौलाको सम्पादन , विक्रम सवारको कोरियोग्राफी रहेको छ भने यसको कार्यकारी निर्माता भगवान खत्री हुन् । फिल्म आउँदो जेठ १७ गतेबाट प्रदर्शनमा आउंदै छ ।

Facebook Comments