सुवोधले ल्याए ‘कान्छी’ (भिडीयो)

0 Shares

संगीत । गायक मिस्टर सुवोधको गीतिसंग्रह नीलो आकाशमा समावेश ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक मिस्टर सुवोध र बोसन ब्याण्डका सुवास राईको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा लक्ष्मन पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दीपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कदेलको अभिनय छ ।

लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले खिचेका हुन् । भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दिपेश चौधरीले गरेका छन् । भिडियोको सम्पूर्ण छायांकन जापानमा गरिएको छ । गायक सुवोध ‘कान्छी’ अडियो तथा भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको र यसले धेरैको मन जित्न सक्ने बताउँछन् ।

कमेन्ट गर्नुहोस्