फिल्म । पछिल्लो समय अभिनेता अजय देवगन खुसि छन् । झन्डै दुइ वर्ष लगाएर तयार गरिएको ‘तान्हाजी’ ले दर्शकको माया पायो । महंगो लागतमा बनेको यो फिल्मको अभिनेतामात्र होइन, निर्माता पनि उनै हुन् । तर , फिल्म दुइ सय पचास करोडमा उगने भएपछी उनि खुसि हुँदै आफ्नो नेक्स्ट प्रोजेक्ट ‘आरआरआर’ ज्वाइन गरेका छन् । ‘बाहुबली’को अपार सफलतापछि एसएस राजामौलीले यो फिल्म बनाउन लागेका हुन् । ‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्व भर चर्चामा रहेका निर्देशक राजमौलीले नयाँ फिल्म आरआरआर अर्थात् ट्रिपल आरमा जुनियर एन्टीआर र राम चरणलाई लिएर काम गरिरहेका छन् ।
पछिल्लो समय टलिउडका दुई ठुला स्टार एकसाथ काम गरेको यो ठुलो फिल्म हो । त्यसो त निर्देशक राजमौली पनि आफैमा एक ब्राण्ड बनिसकेका छन् । सायद यसैकारण यसफिल्मको स्याटेलाइट र डिजिटल राइट्स एक सय बत्तीस करोडमा बिक्रि भएको छ । बलिउडका सिंघम अजयसंगै आलिया भट्ट फिल्ममा देखिने भएका छन् । यी दुइ बलिउड फिल्ममा नभई साउथ इण्डियन फिल्म ‘आरआरआर’ मा सँगै देखिन लागेका हुन् ।
अजय र आलियाले सँगै स्क्रिन शेयर गर्ने खुसि त फ्यानलाई छ नै साथै फिल्मलाई एसएस राजमौलीले निर्देशन गरिरहेका छन् , जो आफ्नो कामले परिचित छन् । तिन सय करोडको बजेटमा तयार भईरहेको फिल्मले स्याटेलाइट र डिजिटल राइट्स मार्फत नै आधा लगानी उठाएको छ । निर्देशक राजमौलीले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । फिल्मको रिलिज ३० जुलाई २०२० मा हुनेछ । (एजेन्सी)
All of us are super charged and ecstatic to kickstart our schedule with @AjayDevgn ji today… Welcome Sir!#AjayDevgn #RRRMovie #RRR pic.twitter.com/9jVnlpdTmY
— RRR Movie (@RRRMovie) January 21, 2020










