प्रिमियरमा रुचाईयो ‘रणवीर’ (फोटो फिचर)

फिल्म । शुक्रबारबाट फिल्म ‘रणवीर’ प्रदर्शनमा आएकोछ । फिल्म रिलिजको पुर्व सन्ध्यामा राजधानी स्थित कुमारी हलमा फिल्मको भव्य प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा फिल्मनगरीका अधिकाँस परिचित अनुहार देखिएका थिए । झन्डै ४ सय भन्दा बढीले ‘ग्राण्ड प्रिमियर’ अन्तर्गत फिल्मलाई हेरे । उक्त शो मार्फत फिल्मले पोजेटिभ फिडब्याक पाएको छ । फिल्मले सम्पूर्णले यसलाई रुचाएका छन् । ‘मसलेदार फिल्म’ को रुपमा तारिफ गरिरहदा यसको मेकिङको पनि चर्चा बढेको छ । फिल्ममा रणवीरको भूमिकामा सुशील सिटौला प्रस्तुत भएका छन् । उनले फिल्मकै लागि १५ केजी तौल बढाएका थिए , जसलाई प्रिमियर शो मार्फत तारिफ मिल्यो ।

फिल्ममा सुशीलको दुई अवतार देख्न पाइनेछ । दुई डेब्यु गर्ल सुवेक्षा खड्का र सुपुष्पा भट्टले पनि प्रिमियर मार्फत सकारात्मक प्रतिक्रिया बटुलेका छन् । डेब्यु फिल्मलाई पहिलो पटक परिवारसँग हेरेका सुवेक्षा र सुपुष्पा प्राप्त प्रतिक्रिया मार्फत निकै हर्षित थिए । यसैगरि गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ मार्फत ह्याण्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारको कामको पनि तारिफ भएको छ । फिल्म हेरेर निस्किएकाले उनको कामको प्रसंसा गरे । आयोजित प्रिमियर शो मा कलाकारहरु सुनिल थापा , अनुप विक्रम शाही , आर्यन अधिकारी , निर्माता माधव वाग्ले , निर्माता सुदिप खड्का , लेखक प्रदीप भारद्वाज , वितरक प्रदीपकुमार उदय , ज्योतिष टर्न एक्टर हरिहर अधिकारी , गजित विष्ट , निर्देशक दिवाकर भट्टराई लगायतले फिल्मको मेकिङको तारिफ गर्दै दर्शकको लागि मनोरंजनकको फुल प्याकेज रहेको प्रतिक्रिया दिए ।

यसैगरी फिल्म हेर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि फिल्म हेरे । वेरोजगार युवाको अवस्था र भ्रष्टाचारले पार्ने असरलाइ यसमा देखाइएको छ । यसैगरी फिल्म हेर्न पछिल्लो समय युट्युबमा अत्याधिक खोजिएको जोडी कृष्ण ओली र रुपा ओली पनि हल आइपुगेका थिए । केहि समय अगाडी रणवीर टिम कृष्णलाई सहयोग गर्न घरमै पुगेका थिए । त्यसबेला कृष्ण र रुपाले फिल्म हेर्ने ईच्छा व्यक्त गरेका थिए । त्यसै अनुरुप उनीहरु हलमा फिल्म हेर्न आइपुगेका थिए । यसैगरि पति मनोज गजुरेललाई डिभोर्स दिएपछि एकाएक चर्चामा आएकी मिना ढकाल पनि फिल्म हेर्न आइपुगेकी थिइन् ।

गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको फिल्ममा टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्