फिल्म । नेपाली फिल्म ‘जम्प’लाई चलचित्र जाँच समितिले पीजी प्रमाणपत्र प्रदान गरेको छ । मङ्सिर २९ गतेबाट प्रदर्शन हुने फिल्मलाई १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै हेर्न पाउनेछन् । सेन्सर बोर्डमा फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको निर्देशक आशुतोषध्वज कार्कीले बताए । फिल्मको रनटाइम १ घण्टा ३७ मिनेट २४ सेकेण्ड तय छ ।
उनले यही फिल्मबाट डेब्यु गर्दैछन् । जीवनमा आइपर्ने बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावको कथालाई फिल्मले पेश गर्ने उनको भनाई छ ।
एथ्लेटिक्स खेलाडीले जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा फिल्मले भन्छ । फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापा, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका छ ।










