‘समयले परिपक्क बनाउँदैछ’ आर्यन

जयहोस् । आर्यन सिग्देल , नेपाली फिल्मका लागि चकलेटी हिरो । उनले फिल्म ‘किस्मत’ मार्फत यसक्षेत्रमा डेब्यु गरे । डेब्यु फिल्ममा उनलाई लभरब्वाईकै रुपमा प्रस्तुत गरियो । जस मार्फत उनले सफलता पनि हासिल गरे , त्यसपछी उनले अधिकाँस फिल्ममा लभरब्वाईकै क्यारेक्टरमा आफुलाई प्रस्तुत गरे । डेब्यु भन्दा अगाडी धेरै संघर्ष गरेर रजतपटमा इन्ट्री गरेका आर्यनले आफ्नो स्टारडम जोगाउन सकेनन् भन्ने पनि छन् , फिल्मनगरीमा । किनकी उनको सफलता र असफलता श्रेय उनि आफैलाई जान्छ । यसलाई उनि पनि स्विकार्छन । ‘म अरुको कुरा कमै सुन्छु , साथीभाईलाई बढी विश्वास गर्छु’ एक अन्तर्वार्ताको क्रममा आर्यनले भने ‘म भावनामा डुब्छु , यसैले गर्दा पनि हुछ सक्छ कहिले उकालो त कहिले ओरालो भयो करियर ।’ उनले आफ्नो सफलताको श्रेय आफ्नै कडा मेहनतलाई दिदै असफलताको श्रेय पनि आफ्नै कमजोरीलाइ दिए । पछिल्लो फिल्म ‘कायरा’ मा लभरब्वाईकै रुपमा देखिएका आर्यनले अघिल्ला केहि फिल्ममा भूमिकालाई परिवर्तन गर्न खोजेका थिए , तर सफल भएनन् । ‘केहि फिल्ममा मैले आफुलाई फरक भूमिकामा प्रस्तुत गर्न खोजे , जसलाई स्याबासी त मिल्यो तर दर्शकले रुचाएनन् त्यसैले उनीहरुकै डिमाण्ड अनुसार आफुलाई प्रस्तुत गर्ने सोच बनाए’ आर्यनले बताए । उनले ब्रेकको क्रममा विभिन्न महोत्सवमा पुगेर समेत दर्शकको मनसाय बुझेको बताए । ‘मैले केहि समय ब्रेक लिए , त्यसक्रममा जति महोत्सव वा इभेन्टमा पुगे मलाइ लभरब्वाईकै रुपमा हेर्न चाहेको बुझे त्यसैले आफ्नै ट्रयाकमा फर्किदैछु’ उनले भने । उनको अभिनयसँगै लेखन र निर्माण समेत रहेको फिल्म ‘कायरा’ ले ठीकठाक ब्यापार गर्यो । साउनको मध्य तीर प्रदर्शनमा आएको फिल्मलाई वर्षातले पनि केहि असर गर्यो । आउदो फिल्ममा पनि लभरब्वाईकै रुपमा देखिने तयारीमा रहेका आर्यनले आफुलाई परिवर्तन पनि गरिरहेका छन् । त्यसो त उनले ‘कायरा’ अगाडीको फिल्म ‘रुद्रप्रिया’ पनि आफुलाई सिम्पल ब्वाईको रुपमा प्रस्तुत गरेका थिए । तर त्यसको जति चर्चा भयो , आर्यनको क्यारेक्टर त्यति नै कमजोर रहेको उनले प्रतिक्रिया पनि पाए । ‘फिल्ममा क्यारेक्टर भन्दा पनि समग्र सब्जेक्ट नै राम्रो थियो ‘ आर्यन भन्छन ‘हामीले लेखेको र सोचेको धेरै कुरा पर्दामा आइपुग्दा फरक भइदिन्छ त्यसैले हाम्रो निर्णय कुनै बेला गलत सावित हुन्छ ।’ अब उनि प्राय फिल्म होम प्रोडक्सनलाई एसोसियट गरेर गर्ने मनसायमा छन् । ‘अरुको फिल्ममा काम गर्दा सबै चिजमा ध्यान दिन पाइन्दैन , त्यसैले लेखिएको एउटा हुन्छ अनि देखिदा अर्को ‘ आर्यन अब आफु अझै परिपक्क भएको बताउछन ।
कमेन्ट गर्नुहोस्