पुरानो बुलेटको टाइटल गीत रिलिज (भिडियो)

फिल्म । चैत १ गते प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र ‘पुरानो बुलेट’को टाइटल गीत ‘मेरो पुरानो बुलेटैमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ । सार्वजनिक भएको यस भिडियोमा चलचित्रका केही दृश्यहरु समेत समेटिएका छन् । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर केही समय अगाडी सार्वजनिक गरिएको थियो ।

पत्रकारीतामा लामो समयदेखी काम गरिरहेका भिषण राईको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् । हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् ।

कमेन्ट गर्नुहोस्