
फिल्म । नेपाली फिल्म ‘महापुरुष’ मार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री अञ्जना बराईली तेस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएकी छिन् । हाल प्रदर्शनरत ‘पुजार सार्की’ पछि उनले यसमा काम गर्न लागेकी हुन् । निर्माण कम्पनि सेभेन सिज सिनेमाले लाइनअप सार्वजनिक गर्दै अञ्जना बारे जानकारी दिएको हो ।
फिल्म यसअघि नै गायक तथा कलाकार प्रकाश सपुत, विजय बराल र मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । यसमा विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाल लगायतको पनि अभिनय रहनेछ ।
फिल्ममा सम्पूर्ण कलाकारकै भूमिका महत्वपूर्ण भएकाले सबै विशेष रहेको निर्माता विनोद पौडेलले बताए । जेठ २१ गतेबाट छायांकनमा जाने तयारी रहेको ‘पूर्ण बहादुरको सारङ्गी’ सेभेन सिज इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुँदैछ ।

सरोज पौडेलको लेखक तथा निर्देशक रहेर सोसल-ड्रामा बन्ने फिल्मका मौलिक कथाको एक गहन विषयलाई उठान गरिएको जनाईएको छ । फिल्ममा पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ । फिल्मको प्रदर्शन मिति आउँदो वर्ष विसं २०८२ लाई तोकिएको छ ।