फिल्म । गएको वर्ष सन् २०१९ को फिल्मको संसारमा प्राप्त भएक उपलब्धिबारे चर्चा तथा समिक्षा भइरहेको छ । हलिउड र बलिउडजस्ता संसारकै सबभन्दा ठूला फिल्म उद्योगले निर्माण गरेका राम्रा फिल्म कुन् हुन् भनेर फिल्मप्रेमीले खोजी गर्नु स्वभाविक हो । यसै सन्दर्भमा ‘टाइम’ म्यागजिनले वर्षका १० उत्कृष्ट फिल्मको सुची तयार गरेको छ । सुचिको पहिलो नम्बरमै प्रसिद्ध स्पेनी निर्देशक पेड्रो आल्माडेभोरको ‘पेन एन्ड ग्लोरी’लाई गत वर्षको सबभन्दा राम्रो फिल्मका रुपमा टाइमले छानेको छ । अल अवाउट माई मदर, टक टु हरजस्ता कैयौं प्रसिद्ध फिल्म बनाएका पेड्रोको यो फिल्म सेमीबायोग्राफिकल हो । ६० वर्षीय फिल्म निर्देशकको स्मृतिजसरी यो फिल्म बनाइएको हो । फिल्म स्पेनी भाषामा छ ।
सूचिको दोस्रो नम्बरमा आइरिसम्यान परेको छ । मार्वलका सुपरहिरो फिल्मलाई सिनेमा नै होइनन् भनेर यस वर्ष चर्चामा रहेका स्कोरसेजीले नेटफिल्क्सका लागि बनाएको आइरिसम्यानलाई धेरै अर्थमा यो वर्षको हलिउडको सबभन्दा सानदार फिल्म मानियो । यस सूचिको तेस्रो स्थानमा छ वन्स अपन अ टाइम इन हलिउड । कुनै एक निर्देशकको आफ्नै ब्रान्ड छ भने त्यो सायद, क्वान्टिन टेरन्टिनो नै होलान् । करिअरमै जम्मा १० वटा फिल्म निर्देशन गर्ने घोषणा गरेका टेरन्टिनोको यस वर्ष नवौं फिल्म आयो- वन्स अपन अ टाइम इन हलिउड। लियोनार्डो डिक्याप्रियो र ब्रड पिट हलिउडका दुई सुपरस्टारले अभिनय गरेको यो फिल्म हलिउडको एक स्टन्टम्यानको कथा हो ।
यसको चौथो स्थानमा छ , म्यारिज स्टोरी । पछिल्लो समय हलिउडमा थुप्रै फिल्ममा सहायक भूमिकामा देखिएका एडम ड्राइभर यसमा स्कारलेट जोन्सनसँग मूख्य भूमिकामा छन् । यी सम्बन्ध विच्छेदको संघारमा पुगेका दम्पतिको कथा हो, जसलाई जीवनमा आउनेवाला संकटबारे केही थाहा छैन। लिटल वुमन यस सूचिको सातौ स्थानमा छ । १ सय ५० वर्ष पुरानो किताबमाथि बनाइएको फिल्म हो यो । यसैगरी यसको छैठौ स्थानमा प्यारासाइट , सातौ स्थानमा नाइफ्स आउट , आठौ स्थानमा डोलेमाइट इज माई नेम , नवौ स्थानमा अ ब्युटिफुल डे इन द नेवरहुड र अन्तिम अर्थात दसौ स्थानमा हस्लर्स परेको छ । यी फिल्मले मनोरंजनसंगै समाजलाई सोच्न बाध्य बानाएको टाइमले उल्लेख गरेको छ । (एजेन्सी)