सिक्वेलको तयारीमा छन् निखिल ?

फिल्म । पछिल्लो समय अभिनेता निखिल उप्रेती ठुलो पर्दाबाट टाढिए झैँ भएका छन् । उनले अभिनय गरेको फिल्म ‘भिलेन’ पौष २७ मा रिलिज हुदैछ तर उनले त्यसलाई खासै महत्वपूर्ण दिएका छैनन् । पछिल्लो समय निर्माणमा समेत उतिकै व्यस्त निखिल पछिल्लो समय के गर्दैछन त ? बुझिएअनुसार उनि आफ्नो जबरजस्त कमब्याक भएको फिल्म ‘भैरव’ को सिक्वेलको तयारीमा छन् ।

फिल्म प्रदर्शनकै बेलामा सिक्वेल बनाउने बताएका उनले आफ्नै कथामा फिल्म बनाउने तयारीका साथ् काम गरिरहेका छन् । उनले आफै कथा तयार गरिरहेका छन् । यसपटक फिल्ममा भ्यालीको क्राइमलाई देखाउने छन् । कुनै समय एक्सन स्टारको ट्याग पाएका निखिलको एक्सनलाई अहिले पनि फ्यानले कुरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्